जैमिनीका मेयरले पनि लिए टेबुलमाथि चढेर सलामी !




बागलुङ, फागुन ४
बागलुङको जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडेल टेबलमाथि चढेर सलामी लिएका छन् । जैमिनी नगरपालिकामा शनिबार आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड खेलकुद कार्यक्रममा मेयर पौडेलले टेबुलमा उभिएर सलामी लिएका हुन् ।

टेबुलमाथि चढेर सलामी लिएपछि उनको आलोचना भइरहेको छ । विद्यार्थी र खेलाडीले मार्चा पास गर्ने क्रममा मेयर पौडेल टेबुलमाथि उभिएर सलामी लिएको हुन् । आफूले टेबुलमाथि चढेर सलामी लिन नचाहेपनि शिक्षक र प्रशिक्षकहरूको आग्रहमा टेबुलमा चढेको मेयर पौडेलले प्रतिक्रिया दिएका छन् ।

यसअघि पनि विभिन्न गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका मेयरहरूले यसरी नै टेबुलमाथि चढेर सलामी लिएपछि आलोचना भएको थियो । यहीबीचमा मेयर पौडेलले पनि सोही तरिकाले सलामी लिएपछि अहिले आलोचना खेपिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News