खैरो हिरोइनसहित दुई जना पक्राउ
टीकापुर, फागुन ४
कैलालीको टीकापुरबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी टिकापुरको टोलीले लम्कीचुहा नगरपालिका १ भुरुवाका २४ वर्षीय चन्दबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई टीकापुर नगरपालिका–९ स्थित खक्रौला सडकखण्डबाट पक्राउ गरेको हो ।
भारतबाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिलीग्राम खैरो हिरोइनसहित उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।