यस्तो छ आजको मौसम पूर्वानुमान, केही स्थानमा वर्षा हुने


 



काठमाडौं, फागुन ५
मौसम पूर्वानुमान महाशाखाले आज केह िठाउँमा मौसम बदली भई पानी पर्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले सूचना जारी गर्दै मौसम पूर्वानुमानबारे जानकारी एिको हो । महाशाखाकाअनुसार देशका अधीकांश पहाडी स्थानहरूमा आंशिक बदली र केहि स्थानमा तुवालो पनि लागेको छ।

आज दिउँसो देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने जारी सूचनामा उल्लेख छ। पूर्वी र मध्यका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पूर्वी र मध्यका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। पूर्वी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाखाशाले जनाएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्