जनकपुरमा महिलामाथि सामूहिक बलात्कार


 


जनकपुर, फागुन ५

जनकपुरको मुख्य बजार क्षेत्रमै एक जना महिला सामूहिक बलात्कारको शिकार बनेकी छन् ।
प्रदेश २ को अस्थायी राजधानी जहाँ कडा सुरक्षा व्यवस्था रहन्छ, त्यहीँ नै महिला यस्तो दुर्दान्त अपराधको शिकार बनेपछि चिन्ता थपिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ ।

३५ वर्षीया महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका(७ का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्रप्रसाद सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए ।

झाका अनुसार जनकपुर क्षेत्रकै ती महिलालाई दुवै जनाले आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गरेका थिए । दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले बताए ।

प्रकाशित मिति: ५ फाल्गुन २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्