आमरण अनसन बसेका थारु अस्पताल भर्ना




धनगढी, फागुन ६
विभिन्न माग राख्दै आमरण अनसनमा बसेका थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन्। रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइको मागलगातका १४ बुँदे माग राख्दै गत १ गतेदेखि धनगढीमा अनशनरत थारुको स्वास्थ्यमा समस्या देखिएको छ ।

उनलाई यस अघि स्लाईन चढाईएपनि ठिक नहुदा सोमबार बेलुका अस्पताल भर्ना गरिएको हो। विगत ५ दिनदेखि अनशनरत उनको स्वास्थ्य अवस्था झन–झन बिग्रन थालेपछि सेती प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।

रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा फागुन १ देखि आन्दोलनमा छ।

आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यवद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News