चिया खान बसेका बृद्धाको कुर्सीमै मृत्यू
धनगढी, फागुन ६
कैलालीको गोदावरी नगरपालिकामा एक बृद्धाको कुर्सीमा बसिरहेकै बेला मृत्यू भएको छ । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर १ बन्साका ८० वर्षीय नथ्था रानाको कैलालीको गोदावरी नगरपालिकास्थित स्याउँलेमा मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका बेलामा बस्दै आएका छोरा मुली रानाको घर आउँदै गर्दा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरिक्षक हिक्मत थापाले बताए।
उनी सम्धी नाता पर्ने एक व्यक्तिको मोटरसाइकलमा धनगढी आइरहेका थिए। प्रहरी निरीक्षक थापाले प्रारम्भीक अनुसन्धानबाबट बृद्धामा दमको समस्या देखिएको बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।