पत्रकार पौडेललाई ब्लड क्यान्सर, जीवन बचाउन अपिल




काठमाडौं, फागुन ६
पत्रकार कमल पौडेललाई ब्लड क्यान्सर भएको छ । उनको वानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । पौडेल पत्रकारितासंगैआमसञ्चार विषयमा अध्यापनरत छन् । उनको उपचारका लागि ३० लाखभन्दा बढी खर्च गर्नुपर्ने अस्पतालले जनाएको छ।

उपचारका लागि आर्थिक संकलन गर्न नेपालमा आफन्तजन, शुभचिन्तक र पत्रकारहरू जुटेका छन् । विदेशमा पनि उनको सहयोगका लागि आर्थिक संकलन भइरहेको छ ।

सहयोग गर्न चाहनेहरूले उनको एनआईसी एसिया बैंकको उनकै नाममा रहेको ३९८७९७९१८८०५२४०१ खाता नम्बरमा सहयोग गर्न सक्नेछन् । उपचारका लागि सहयोग गरिदिन उनका परिवार तथा आफन्तले अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News