सञ्चारमन्त्रीको समाचार छाप्न नपाएको भन्दै पत्रकारले दिए राजीनामा, गरे पत्रकारितामै नरहने घोषणा
काठमाडौं, फागुन ८
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरणबारेको समाचार छाप्न नपाएको भन्दै पत्रकार पुष्प ढुंगानाले राजीनामा दिएका छन् ।
उनले यस सम्बन्धी समाचार प्रकाशन गृहले छाप्न नमानेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टासट लेखेर राजीनामा दिएको बताएका छन् । उनले सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले कमिसनका लागि डिल गरेको अडियो टेप बाहिरिदाँ पनि समाचार लेखेर पत्रिकाले छाप्न नमानेपछि पत्रकारिताको यात्रामै ब्रेक लगाएको बताएका छन् ।
उनले खरिदारको सय रुपैयाँ घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिदैन भनेर उल्लेख गरेका छन् । उनले आफ्नो पत्रकारितामा निक्कै नमिठो अनुभव रहेको भन्दै लेखेका छन्, ‘मैले कसका लागि पत्रकारिता गर्ने ?’