मन्त्री बाँस्कोटाले भने, ‘आरोप मात्रै हो, प्रमाणित हुनुपर्यो नि’




कञ्चनपुर, फागुन ८
सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोप निराधार र कपोलकल्पित भएको बताएका छन् । उनीमाथि सेक्युरेटी मेसिन खरिदबारे ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ ।

कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले आफूमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार रहेको बताएका छन् । जसले गल्ती गर्छ त्यो जान्छ भन्दै उनले भने, ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन । मैले गल्ती गरेको भए म जाँउला । त्यो आरोप मात्रै हो । प्रमाणित हुनुपर्यो नि ।’

बुधबार महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्न आएका मन्त्री बाँस्कोटा आजै काठमाडौं फर्किदैछन् । उनले काठमाडौं गएपछि यसबारे विस्तृत धारणा सार्वजनिक गर्नेसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News