थरुहट नेता लक्ष्मण थारुद्वारा अनसन स्थगित
धनगढी, ८ फागुन
थरुहट÷थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले आमरण अनसन स्थगित गरेका छन् ।
फागुन १ गतेदेखि धनगढीस्थित क्याम्पस चौक (गुरही चौक) मा थारुले बिहीबार स्थगित गरेका हुन् । उनले प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको हातबाट जुस पिएर अनसन स्थगित गरे ।
सम्बाद समूह धनगढीको पहलमा जिल्लाका सात राजनीतिक दलहरुले थरुहट÷थारुवानले उठाएका टिकापुर घटनाको छानबिन गर्न सरकारले गठन गरेका आयोगहरुका प्रतिबेदन सार्बजनिक गर्न र उचित मागको राजनीतिक रुपमा समाधान गर्न सरकारलाई आग्रह गर्ने सहमति जनाएपछि थारुले अनसन तोडेका हुन् ।
नेता थारुले रेशम चौधरी लगायतलाई जेलबन्दीको रिहाईलगायतकाका १४ बुँदे माग राखेर अनसन बसेका थिए । आमरण अनसन स्थगित गरेपनि अन्य कार्यक्रम भने यथावत रहने मोर्चाले जनाएको छ ।