उड्नै लागेको जहाज रनवेमै बिग्रियो
काठमाडौं, फागुन ९
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्जका लागि उड्नै लागेको जहाजमा गम्भीर समस्या आएको भन्दै उउडान रोकिएको छ । विमानमा अन्तिम समयमा रनवेमै श्रीएयरको विमान बिग्रिएको हो ।
विमानभित्र सबै यात्रु बसिसकेपछि एयर होस्टेजले यात्रा प्रारम्भ हुने सूचनासमेत दिइसकेकी थिइन् । तर, त्यतिकैमा विमानमा समस्या आयो भन्दै हतार हतारमा यात्रुलाई ओरालिएको थियो । बिहान साढे ८ बजेका लागि उडान तय भएको जहाज बिग्रिएपछि यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन् ।
विमानले उडान प्रारम्भ गर्नुअघि नै प्राविधिक चेकजाँच भएर मात्रै उडान अनुमति पाउने भएपनि उड्नै लागेको विमान बिग्रिएका कारण यात्रुले प्राविधिक चेकजाँचमा लापरवाही भएको हुनसक्ने आंशका गरेका छन् । विमानमा के समस्या आयो भन्नेबारे कुनै जानकारी गराइएको छैन ।