चट्याङमा परेर शिशुको मृत्यु, आमा गम्भीर घाइते
अछाम, फागुन १०
अछामको तुर्माखाँद गाउँपालिकामा चट्याङमा परेर एक शिशुको मृत्यू भएको छ । गाउँपालिकाको वडा नं. ४ जैसुरको मिलनचोकमा रहेको धर्म कामीको घरमा हिजो राति चट्याङ पर्दा उनका १४ महिने छोरा रोहित कामीको घटनास्थलमै मृत्यु भएको हो।
धर्मकी २४ वर्षीया श्रीमती चन्द्रा कामी गम्भीर घाइते भएकी छन् । यसैगरी धर्मका छिमेकीको गोठमा समेत चट्याङ पर्दा तीनवटा गोरु पनि मरेका छन् । गाउँपालिका अध्यक्ष पुष्पराज शर्माकाअनुसार अहिले घाइतेको उद्वार गर्ने काम भइरहेको छ ।