सलमानलाई मार्ने सुपारी लिएका गुण्डा नाइके पक्राउ



एजेन्सी, फागुन ११
बलिउड सुपरस्टार सलमान खानलाई मार्नको लागि सुपारी लिएका गुण्डा पक्राउ परेका छन् । गुण्डा नाइके भुरा भनिने रवि मलिक पक्राउ परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

लरेन्स बिश्रोइ गिरोहका सम्पत नेहाले सलमान खानलाई उनकै घरको बरण्डामा मार्ने योजना बनाएका थिए । राजस्थानका कुख्यात शुटर रविले सन् २०१८ मा अभिनेता खानको हत्याको लागि सुपारी लिएका थिए ।

सलमान खान प्रायः सुरक्षागार्डविना आफ्ना प्रशंसकहरुसँग कुराकानी गर्न बरण्डामा आउने समयमा सम्पतले सजिल्यै मार्न सकिने सोचमा थिए । तर, उनी अहिले तिहाड जेलमा छन् । उक्त घटनामा संलग्न भूरा मुम्बई, पञ्जाबसहित कैयौँ राज्यको प्रहरीले उनलाई खोजिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News