बाँस्कोटाको अडियो प्रकरणमाथि छानविन हुन्छ : गृहमन्त्री थापा




हेटौडा, फागुन ११
गृहमन्त्री रामबहादुर थापाले निवर्तमान निवर्तमान सञ्‍चारमन्त्री गोकुल बाँस्कोटासँग जोडिएको अडियो प्रकरणमाथि सरकारले छानविन गर्ने बताएका छन् ।

आइतबार बिहान हेटौंडामा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । उनले सेक्युरिटी प्रेससँग जोडिएको विषय भएकाले सरकारले यसमा छानविन गर्ने बताए ।

उनले बाँस्कोटाले मन्त्रीबाट राजीनामा दिइसकेपछि छानविनमा सहजसमेत हुने बताए । साथै उनले एससीसीबारे नेकपाले बनाएको कार्यदलले दिएको सुझावको आधारमा निर्णय लिइने बताए ।

त्यस्तै उनले भारतसँगै सीमा जोडिएको कालापानी क्षेत्रको सन्दर्भमा भारतले प्रकाशित गरेको नक्साबारे सरकारले कुटनीतिक ढंगले समस्या सामाधान गर्नेसमेत बताए ।

बाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा भइरहेको गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार सूर्य सुवेदी, प्रा.डा इन्द्रजित राई, नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका युद्ध कार्यका महानिर्देशक उपरथी राजेन्द्र कार्कीलगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News