२ कराेडकाे लागतमा पशुपतिनाथ मन्दिरकाे सजावट!
काठमाडौं, फागुन १२
काठमाडाैँकाे पशुपतिनाथमा यस शिवरात्री धुमधामकाे साथ मनाइएकाे छ। गत वर्षहरू भन्दा याे वर्ष निकै सजावटका साथै राेचक देखिने गरी मन्दिर सिंघारिएकाे थियाे।
यसपटकको महाशिवरात्रिको राम्रो पक्ष भनेको यसको भव्य सजावट रहेको दर्शन गर्न अाउने भक्तालुहरूले बताएका छन्।
सूरतका व्यापारी संजय छिब्बर र केके शर्माले लगभग २ करोडको लागतमा पशुपतिनाथ मन्दिर सजाएका हुन्।
भारतको मद्रासबाट आएका ती दुई जना शिव भक्तले आपसमा मिलेर पशुपतिनाथमा विशेष सजाएर मन्दिर नै झिलीमिली पारेका थिए। उनीहरुले २ करोड रुपैयाँ खर्च गरी सम्पूर्ण सामग्रीको बन्दबस्तो र सजावटको काम आफै गरेका हुन् ।