कोरोना भाइरस : कोरियामा कामदार पठाउन रोकियो
काठमाडौं, फागुन १२
दक्षिण कोरियामा पनि कोरोनाको संक्रमण फैलिएपछि नेपालबबाट त्यहाँ जाने कामदार पठाउन रोक लगाइएको छ ।
इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको ईपीएस कोरिया शाखाका प्रमुख कृष्ण खनालले बताए । उनकाअनुसार फागुन १८ गते नेपालबाट उड्ने तयारीमा रहेका कामदारलाई रोकिएकाके हो ।
‘कोरोनाको प्रकोप फैलिरहेको स्थानमा नेपालबाट हामीले पठाउन पनि भएन,’ उनले भने, ‘यो अवस्थामा कोरियाबाट पनि नेपाली कामदार ल्याउनु हुदैन भन्ने छ।’ उनले कोरोनाको प्रकोप घटेपछि भने नेपाली कामदार पठाइने बताए ।
उनले अर्को मिति प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी पनि दिए। उनले केही दिन अघिसम्म कोरियामा कोरोनाको खासै प्रभाव नदेखिएकाले नेपालीहरुलाई सावधानी पूवर्क रहन सुझाव दिँदै कोरिया पठाउने तयारी गरिएको जानकारी पनि दिए।
कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु रहेकाछन्। ती मध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् भने बाँकी अन्य प्रक्रियामार्फत कोरिया पुगेका हुन्।