बर्दिवास–जलेश्वर सडक अवरुद्ध



महोत्तरी, फागुन १४

जिल्ला सदरमुकामसँग पूर्वपश्चिम राजमार्ग जोड्ने महोत्तरीको बर्दिवास–जलेश्वर सडकमा पछिल्लो वर्षाले यातायात अवरुद्ध भएको छ ।
जम्मा ४२ किलोमीटर दुरीको स्तरोन्नतिको काम थालिएको सडक मङ्गलबार साँझ परेको पानीले हिलाम्य भएपछि यातायातका साधन चल्न नसकेको हो ।

सडकको स्तरोन्नतिका लागि माटो भर्ने क्रम चलीरहेका बेला वर्षा हुँदा चिम्ट्ययाइलो माटो हिलाम्य भएको हो । हिलाम्य सडकमा आज बिहानैदेखि सार्वजनिक यातायातका साधन बस, जिप, टेम्पु र अन्य साधन चल्न सकेका छैन ।

दिनहुँ सयौं सवारी साधनको बाक्लो आवागमन हुने सडकमा यातायात ठप्प भएपछि जिल्लाको उत्तरीक्षेत्रका बासिन्दा सदरमुकाम जलेश्वर पुग्न जनकपुरधाम भएर घुमेर लामो बाटो जानु परेको छ । जिल्लाका अन्य ग्रामीण सडक पनि हिलाम्य भएका छन् ।

मङ्लबार परेको पानीले सम्सी, रामगोपालपुर, गौशाला, औरही, मटिहानी र मनराशिशवासहितका स्थानमा सञ्चालित इँटा उद्योगमा कच्चा इँटा गलेर लाखौंको नोक्सानी भएको छ । आज पनि बिहानैदेखि छिनछिनमा पानी परीरहेको छ । वर्षाका कारण यस क्षेत्रको तापक्रम ह्वात्तै घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News