नेपाली भाषा विश्वकै उन्नत भाषा : राष्ट्रपति भण्डारी


 



धनगढी, फागुन १४
धनगढीमा बुुधबारदेखिख विश्व नेपाली साहित्य महोत्सव सुरु भएको छ । विश्वका नेपाली साहित्यकारहरूको जमघट गराई नेपाली भाषा साहित्यलाई विश्वभर परिचित गराउने उद्देश्यका साथ सुरु भएको साहित्य महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।

महोत्सव उद्घाटन गर्दै नेपाली भाषा विश्वको उन्नत भाषाको रुपमा स्थापित भएको बताइन् । उनले महोत्सवबाट नेपाली साहित्य पनि विश्वको उन्नत साहित्यको रुपमा स्थापित गर्ने मार्ग खुलाउने बताइन् । उनले सुदूरपश्चिम प्रदेशको शैक्षिक संस्था सुदृढ गर्नुपर्ने बताइन् ।

‘शिक्षण संस्था, प्राज्ञिक केन्द्र र विश्वविद्यालयले भाषा र साहित्यलाई प्रवद्र्धन गर्न मद्दत पुर्याउन्छ’ उनले भनिन्, ‘यस (सुदूरपश्चिम) क्षेत्रका सुदूरपश्चिम विश्वविद्यालयसहित सम्पूर्ण शैक्षिक केन्द्रहरुलाई सुदृढी गर्नुपर्ने मैले महशुष गरेकी छु ।’

उनले सुदूरपश्चिम प्रदेश कला, साहित्य र भाषाको उर्भर भुमि रहेको बताइन् । उनले भनिन्, ‘पहलमानसिंह स्वार, जयपृथ्वी सिंह जस्ता अग्रज श्रष्ठाहरुको अतुल्नीय योग्दानले नेपाली भाषा, साहित्यको शिरवृद्धि भएको छ ।’ उनले मानव जातीको अथक परिश्रमद्धारा सृजत भाषा एक आपासमा संवाद स्थापित गराउने महत्वपूर्ण माध्यम रहेको बताइन् ।

‘साहित्य समसामहिक समाजको ऐना समेत हो’ उनले भनिन्, ‘साहित्य र समाजबिचको एक आपसमा अनुन्याश्रित सम्बन्ध हुन्छ । साहित्यले युगयुगसम्म प्रभावित पारिरहेको हुन्छ ।’
उनले नेपाली भाषा विश्वको उन्नत भाषाका रुपमा विकास भइरहेको बताइन् । उनले नेपाली भाषा राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने एक माध्यम रहेको बताइन् ।

उनले भनिन्, ‘नेपाली भाषा र साहित्यको सम्बद्र्धनमा राष्ट्रले योग्दान पु¥याउनु पर्दछ ।’ उनले महोत्सव विश्वभरी छरिएर रहेका नेपाली भाषीहरुमा भाषीक तथा भावानात्मक एकता प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन् । ‘यो महोत्सवले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योग्दान पु¥याउने तथा विश्व मानचित्रमा नेपाल र नेपालीको विशिष्ठ पहिचान स्थापित गर्न समेत सफलता हासिल गर्ने छ’ उनले विश्वास व्यक्त गरिन् ।

उनले साहित्यले समाजका विकृति तथा विसंगतिलाई औल्याउ“दै सदाचार र नैतिकतालाई प्रवद्र्धन गर्ने बताउ“दै भनिन्, ‘असल साहित्य सृजनामा साहित्कार क्रियाशिल हुन जरुरी छ ।’ उनले प्राकृतिक सुन्दरता र वैभव साहित्य सृजनाको महत्वपूर्ण आयाम भएकाले स्वच्छ वातावरण प्रवद्र्धनमा सम्बद्ध निकायको ध्यान जानुपर्ने बताइन् ।

‘नेपाली भाषा, संगित, कला, साहित्य, रितिरिवाजका पक्षपोसकहरु विश्वभरी फैलिएर रहेका छन्’ उनले भनिन्, ‘कला, संगित र साहित्यले देशभित्र विभिन्न सम्प्रदाय र समुहलाई एकतामा बा“ध्न सहयोग पुर्याएको छ ।’ उनले महोत्सव विश्वभरि छरिएर रहेका नेपाली भाषीहरूमा भाषिक तथा भावनात्मक एकता प्रबद्र्धधन गर्ने महत्वपूर्ण अवसर रहेको बताइन् ।

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधि सभा सदस्य नारदमुनि राना, वरिष्ठ साहित्यकार तथा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्व मन्त्री एनपी साउद, धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वडले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सुदूरपश्चिम साहित्य समाजको आयोजनामा फागुन २० गतेसम्म चल्ने महोत्सवमा विश्वभरका साहित्यकार तथा लेखकहरुले भाग लिएका छन् । सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीका अनुसार दार्जिलिङ, सिलुगुढी, आसाम, मेघालय, सिक्किम लगायतका ठाउँबाट साहित्यकारहरू धनगढी आएका छन् ।

उद्घाटन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, साहित्यकारहरू मोदनाथ प्रश्रित, आरडी प्रभात चटौत, बद्रीनाथ भण्डारी, तुलसीराम जोशी, निर्माण व्यवसायी मदन कुँवरलाई सम्मान गरिएको छ । राष्ट्रपति भण्डारीले सम्मानित व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र जातजातिहरूको संस्कृति झल्किने सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको थियो । पञ्चेबाजा, हुड्के, भुवा, होरी, छलिया, सखिया, झुम्रा, मुग्रहुवालगायतका नाचको झाँकी प्रदर्शन गरिएको थियो । उद्घाटन कार्यक्रम सुरु हुनु पूर्व धनगढीको त्रिनगर माविबाट निस्किएको झाँकी बजार परिक्रमा गर्दै धनगढीको पुरानो एयरपोर्ट स्थित खुला मञ्चसम्म प्रदर्शन गरिएको थियो ।

महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारहरूको संवाद, कार्यपत्र प्रस्तुति, टिप्पणी, अनुभव शेयरिङ र प्रदेशका विभिन्न जातजाति र जिल्लाको संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम प्रस्तुति भइरहेको छ । महोत्सवमा ५० वटा सेसनमा करिब डेढ सय जना साहित्यकारहरूको संवाद तथा प्रस्तुति रहने कार्यसूची छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्