श्रम स्वीकृति विना काम गर्ने चिनियाँ नागरिक पक्राउ




गोरखा, फागुन २०
श्रम स्वीकृति विना गोरखामा काम गर्दै आएका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेेेको छ । उनीहरुलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठाएको छ ।

आरुघाट गाउँपालिका–३ सोतीमा निर्माण हुन लागेको अपर बुढीगण्डकी जलविद्युत आयोजनामा काम गर्दै आएका उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले बताए ।

जलविद्युत आयोजनाको प्रारम्भिक सर्भेका लागि माटो परीक्षण लगायतका काम गर्दै आएका उनीहरुलाई सोतीबाट नियन्त्रणमा लिइएको हो ।

विदेशी नागरिकको गतिविधी निगरानी गर्न अभियान सञ्चालन गरिएको बताउँदै एसपी अधिकारीले भने, ‘विदेशी नागरिकले गरेका गतिविधि वैध छ कि अवैध छ, वैध भएपनि कस्ता क्रियाकलाप गरिरहेका छन् भनेर निगरानी गर्न प्रहरी कार्यालयलबाट टोली नै खटाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News