टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको घटनास्थलमै मृत्यु, टिपरमा आगजनी!



काठमाडौं,२१ फागुन 
टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको घटनास्थलमै मृत्यु भएको छ। टिप्परले अटोलाई ठक्कर दिँदा बिराटनगरमा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनको नातिनी ६ वर्षीया सबिता सरदारको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायक उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

बिराटगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको हो ।

घटनालगत्तै मृतकका आफन्त र स्थानीयले टिपरमा आगजनी गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडलाई हटाएर दमकलको सहयोगमा आगो निभाएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले टिपर चालक सुनसरी रामधुनी नगरपालिका ५ बस्ने ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News