अस्पतालबाटै प्रधानमन्त्रीले भने-काममा छिट्टै फर्किन्छु
काठमाडौं, फागुन २३
प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै काममा फर्कने बताएका छन् । दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालसँग कुराकानी गरेका छन्, “सर्जरी पछि आज पहिलो पटक प्रधानमन्त्री ज्यूसँग कुरा गर्ने अवसर मिल्यो” सल्लाहकार रिमालले लेेेखेका छन् ।
प्रधानमन्त्री ओलीले आफूलाई सन्देश प्रवाह गर्न आग्रह गरेको पनि रिमालले बताएका छन् । उनले लेखेका छन्, “साथीहरुलाई भनिदिनुहोस्, मेरो स्वास्थ्यमा तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै म काममा फर्किन्छु ।”
२१ फागुनमा प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको छ । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा पहिलो पटक प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीले दोस्रो पटक भने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा प्रत्यारोपण गराएका हुन् ।