मौसस सुधार हुँदै


 


काठमाडौं, भदाै २९

राजधानीको मौसममा सुधार हुन एकदुई दिन लाग्ने मौसमविद्हरूले बताएका छन् । । मौसमविद्हरूका अनुसार बुधबारदेखि मौसममा सुधार आउने छ । देशैभरिको मौसममा सुधार आउन भने केही दिन लाग्नेछ ।

पूर्वी तथा मध्य भागमा पुनः मनसुन सक्रिय हुँदा पश्चिममा अझै तीन दिनसम्म वर्षा हुने मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार मनसुनी न्यून चापीय रेखा पनि पश्चिम नेपाल नजिक छ । ‘न्यून चापीय क्षेत्रका कारण पर्याप्त मात्रामा जल वाष्प आपूर्ति भएको छ, यसको प्रभावले नेपालको मध्य र पूर्वी नेपालका धेरै भागमा वर्षा भइरहेको छ’, मौसमविद् कँडेलले भनिन् ।

बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेका कारण पनि मनसुन सक्रिय भएको उनले बताइन् । मंगलबार पनि देशैभरिको मौसममा बदली नै भइरहने उनले बताइन् । मध्य र पश्चिम नेपालको आकाशमा बादलको चाप अझै रहेकाले वर्षा बढ्न सक्ने विभागको पूर्वानुुमान छ ।

सोमबार उपत्यकामा ५६.५ मिलिमिटर पानी परेको छ । विभागका अनुसार ओखलढुंगामा ६९.८ मिलिमिटर वर्षा भएको छ । सोमबार ओखलढुंगामा सबैभन्दा बढी वर्षा भएको थियो ।

यसैगरी नेपालगन्जमा ६६.३ मिलिमिटर वर्षा भएको छ । धनगढी ३५.७ मिलिमिटर, डडेलधुरा ३५ मिलिमिटर, सिमरा ३१.६ मिलिमिटर, धनकुटा ३०.३ मिलिमिटर, पोखरा २३ मिलिमिटर, दाङ २०.२ मिलिमिटर, विराटनगर १४.४ मिलिमिटर वर्षा भएको छ । भैरहवामा भने सोमबार पानी परेन ।

प्रकाशित मिति: २९ भाद्र २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्