पूर्व मिस नेपाल उषा खड्गीले गरिन् पतिसङ्ग सम्बन्ध बिच्छेद

काठमाडौं, चैत्र २
पूर्व मिस नेपाल उषा खड्गीले पति जीपी तिमिल्सिनासङ्ग सम्बन्ध बिच्छेद गरेको घोषणा गरेकी छिन् ।
उनले सामाजिक सन्जाल फेसबुकमार्फत मिडिया व्यक्तित्व तिमिल्सिनासङ्गको १७ वर्ष लामो वैवाहिक सम्बन्ध समाप्त गरेको घोषणा गरेकी हुन् ।
उनले १७ वर्षसम्म शारीरिक र मानसिक शोषण सहनुपरेको भन्दै सम्बन्ध जारी राख्ने कुनै आधार नरहेको बताएकी छन् ।
‘१७ वर्षसम्म शारीरिक र मानसिक शोषण सहेको छु । सम्बन्ध जारी राख्ने कुनै आधार रहेन । म फेसबुक पोस्टबाट भन्छु, तपाई सबैलाई माया र समर्थनका लागि धन्यबाद। तपाईंको प्रेम र समर्थनले मलाई आफैंलाई सम्बोधन गर्न अझै बलियो बनाएको छ र म र मेरा बच्चाहरूको लागि पनि खडा हुन साहस दिएको छ।’