कैलालीको त्रिनगर र खक्रौलाबाहेक सबै नाका बन्द गर्ने निर्णय



धनगढी,चैत्र ४

नेपाल–भारतका अधिकारीले सीमा नाकामा स्थापनामा भएको हेल्थ डेस्कमा कोरोना संक्रमण परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छन् ।सोमबार गौरीफन्टामा बसेको दुवै देशका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकामा दुवैतर्फबाट स्थापना भएको हेल्थ डेस्कलाई थप सुविधा सम्पन्न बनाउने निर्णय भएको छ । यसैगरी, खुला सिमानाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गरी कैलालीको त्रिनगर र खक्रौला नाकाबाटमात्रै मानिसलाई आवतजावत गर्न दिने निर्णय गरिएको छ ।

बाँकी सबै नाका बन्द गर्ने बैठकमा सहमति भएको छ । सीमावर्ती इलाकाबाट हुने आवतजावतलाई सिमानामा खटिएका दुवै देशका सुरक्षा अधिकारीले कडाइका साथ नियन्त्रण गर्ने सहमति भएको जनाइएको छ ।

संयुक्त बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, भारतको लखिमपुर जिल्लाका जिल्ला अधिकारी (डीएम) शैलेन्द्रकुमार सिंह, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, कैलालीका प्रहरी प्रमुख सुदीप गिरी, सशस्त्र प्रहरी प्रमुख कमलप्रसाद तिउसिना, लखिमपुरका सीडीओ अरबेन्द्र कुमार, एसडीएम पूजा यादव लगायत दुवै देशका सुरक्षा निकायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News