नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौला



काठमाडौं,चैत्र ४

नेपाल चलचित्र पत्रकार संघको नयाँ कार्य समिति  चयन भएको छ । नेपाल चलचित्र पत्रकार संघको अध्यक्षमा दिनेश सिटौलाको अध्यक्षमा  नयाँ कार्य समिति बनेको हो । सोमबार आयोजित संघको आठौँ महाअधिवेशनमा प्रतिस्पर्धी डब्बु क्षेत्रीलाई पराजित गर्दै सिटौला अध्यक्षमा निर्वा्चित भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्ष (कार्यक्रम) तर्फ जीवन पराजुली अर्का उपाध्यक्ष (संगठनतर्फ) कुवेर डंगोल, महिला उपाध्यक्षमा दीपज्योति थापा, महासचिवमा समीर बलामी, सचिव (खुल्ला) तर्फ रघुनाथ सापकोटा , सचिव (जनजाति) तर्फ विशाल राई निर्वा्चित भएका छन् ।

प्रदीप कार्की संघको कोषाध्यक्षमा निर्वा्चित भएका छन् भने सह–कोषाध्यक्षमा विनोद पोखरेल विजयी भएका हुन् । संघको सदस्यहरुमा मिलन ढुगाना, नविन गिरी, गणेश ओली ‘आशिश’, सृष्टि पोखरेल, सुरक्षा भट्टराई (महिला), मनिषा दाहाल ‘अन्जान’, गोपीकृष्ण चापाँगाई र दीपक गुरुङ (समावेशी) आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News