कैलालीको धनगढीबाट लागू औषधसहित एक जना पक्राउ
कैलाली ,चैत्र ४
कैलालीको धनगढी बाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ झलारी गाउँका २९ वर्षीय लखनसिँह राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।
उनका अनुसार रानाको साथबाट ३ सय ३० मिलिग्राम ब्राउन सुगर र तीन हजार ७ सय ६० भारु रुपैंया समेत बरामद गरिएको बताए । पक्राउ परेका रानमामाथि थप अनुसन्धानका गर्न जिल्ला अदालत कैलालीबाट पाँच दिन म्याद थप गरिएको उनले बताए ।