प्रदेश २ को नामः नेकपाको प्रस्ताव अस्वीकृत



जनकपुर, चैत ४

प्रदेश २ को स्थायी राजधानी र नामको टुंगो लगाउन भएको मतदानमा नेकपद्वारा प्रस्तावित नाम ‘जानकी प्रदेश’ अस्वीकृत भएको छ।
प्रदेश सभामा मंगलबार भएको मतदानमा नेकपाद्वारा प्रस्तावित नाम जानकीका पक्षमा जम्मा ३७ मत खसेपछि सो प्रस्ताव अस्वीकृत भएको हो।

जम्मा १ सय ७ मतमध्ये ३७ मत मात्र प्राप्त भएकोले जानकी नाम अस्वीकृत भएको हो। अब नेपाली काँग्रेसद्वारा प्रस्तावित नाम मिथिला भोजपुरामा मतदान हुनेछ।

सत्तारुढ समाजवादी पार्टी र राजपा नेपालले ‘मधेश प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने प्रतिपक्षी नेकपाले ‘जानकी प्रदेश’, कांग्रेसले ‘मिथिला–भोजपुरा प्रदेश’ र केही सांसदले ‘मध्यमधेश प्रदेश’ नाम राख्न प्रस्ताव गरेको छन्।

सबैभन्दा पहिले नामको विषयमा मतदान हुने र त्यसपछि राजधानीका विषयमा मतदान हुने बताइएको छ। जसमा नेकपाले राखेको ‘जानकी प्रदेश’बाट मतदान सुरु भएको हो। अन्य नाममा क्रमशः मतदान हुनेछ।

जुन नाममा नामका पक्षमा दुईतिहाइ पुग्छ सोही नाम सदर हुने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News