कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु



धनगढी, चैत ४

कैलालीमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ स्थित चैतपुरस्थित चैतनपुर पुल निर्माणका क्रममा करेन्ट लागेर धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का २७ वर्षीय घनश्याम कुुँवरको मृत्यु भएको हो ।

करेन्ट लागेर घाइते भएका कुँवरको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घाइते भएपछि अत्तरियाकै पदमा अस्पतालमा उपचारका लागि लिइएपनि त्यहाँ सम्भवन नभएपछि सती प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News