इट्टा उद्योग सञ्चालक चौधरीमाथि भएको आक्रमणमा संलग्नलाई कारबाहीको माग



काठमाडौं , चैत्र ४
नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद प्रभु साहले इट्टा उद्योग संचालकको ज्यान मार्ने गरी भएको घटनाको भर्त्सना गरेका छन् । नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका साहले रौतहटको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीस्थित ‘दाइभाइ इट्टा उद्योग’ का संचालक एवं नेकपाको रौतहट जिल्ला सदस्य रामबाबु चौधरीका भाइ मुकेश कुमार चौधरीमाथि सांघातिक हमलामा संलग्नलाई कारवाहीको माग गरेका छन् ।

मंगलबार विज्ञप्ति जारी गर्दै नेता साहले भनेका छन्, ‘रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६, अमरपट्टीमा रहेको दाइभाइ इट्टा उद्योगमा दर्जनौंको संख्यामा रहेको अपराधिक समुहले विहान ९ बजे योजनावद्ध रामबाबु चौधरीज्यूको भाइ मुकेश कुमार चौधरीमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।’

पार्टीका नेतालाई ज्यान मार्ने उद्देश्यले गरिएको यस आपराधिक कार्यको विज्ञप्तिमार्फत घोर भर्त्सना गरिएको छ । घटनाको निष्पक्ष छानबिन गरी अपराधीहरुलाई कडाभन्दा कडा कानूनी कारवाहीको माग गरिएको छ ।

गत आइतबार गरुडा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक यादवको अगुवाईमा दर्जनौंको संख्यामा गएको समुहहरुले उक्त उद्योगमा आक्रमण गरी मुकेशलाई गम्भीर घाइते बनाएको विज्ञप्तिमा जनाइएको छ । आक्रमणकारीहरुले इटा भटामा रहेको एक थान जेसीबी, एक थान टिपर, दुई थान ट्र्याक्टर र ३ वटा मोटरसाइकलमा तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News