तीन दिनको मौसम पूर्वानुमान




काठमाडौं, चैत्र ५

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरको मौसम अहिले सफा जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौं उपत्यकामा पनि मौसम सफा रहने बताएका छन ।

न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ । भिजिबिलिटी भने केही घटेको छ । जम्मा ३ किलोमिटर रहेको छ । हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन । दिउँसो पश्चिमी पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

यस्तो छ बिहीबार र शुक्रबारको पूर्वानुमान
बिहीबार देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको संभावना रहेको छ ।

राती भने देशभर मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार दिउँसो देशको पश्चिमी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।देशको पश्चिमी पहाडि भूभागका १–२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।त्यस्तै राती देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News