चीनद्वारा तीन अमेरिकी पत्रकारलाई देश निकाला



चीनले अमेरिकाका थप तीन जना पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको छ । न्यूयोर्क टाइम्स, द वाल स्ट्रीट जर्नल र वाशिङ्गटन पोष्टका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयले ती पत्रकारहरुलाई १० दिनभित्र चीन छाड्न भनेको हङकङबाट सन्चालित साउथ चाइना मोर्निङ पोष्टको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

अमेरिकासँग सम्बन्ध बिग्रिएका बेला चीनले ती पत्रकारहरुको प्रेस अनुमति रद्द गर्दै देश छाड्न भनेको छ ।

यसलाई अमेरिकाप्रति चीनको भयङ्कर प्रतिशोधको रुपमा लिइएको छ ।यसअघि पनि चीनले वाल स्ट्रिट जर्नलका पत्रकारहरुलाई देश निकाला गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News