ट्रकभित्र सामूहिक बलात्कार गर्ने अभियुक्त सार्वजनिक



काठमाडौं, चैत ५
ट्रकभित्र सामूहिक बलात्कार गर्ने अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेकाे छ। महानगरीय प्रहरी वृत थानकोटको टोलीले राप्ती गाउँपालिकाका २४ वर्षीय संजय मागर, रामेछापका १९ वर्षीय कपिल खड्का र सिन्धुली सुनकोशी गाउँपालिकाका १८ वर्षीय पासाङ तामाङलाई पक्राउ गरी सार्वजनिक गरेकाे हाे।

उनीहरुले मंगलवार राति काठमाडौंको चन्द्रागिरि नगरपालिका १५ तीनथानमा रोकि राखेको ना ३ ख ६९४ नम्वरको ट्रकभित्र १७ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेका महानगरीय प्रहरी वृत थानकोटका डिएसपी धनश्याम श्रेष्ठले जानकारी दिए।

उनीहरुले चैत ४ गते बिहान २ बजे उनीहरुले किशोरीलाई ट्रकभित्र लगेर बलात्कार गरेको थिए। प्रहरीले नियन्त्रणमा लिएका तिनै जना ट्रकका सहचालक भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुविरुद्ध मुलुकी अपराध संहिता २०७४ को करणी सम्वन्धि कसुरमा अनुसन्धान भइरहेको डिएसपी श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News