Deshko News
१६ मंसिर २०८०, शनिबार

बृद्धले कुटे गाउँपालिका अध्यक्ष


 



खलङ्गा, चैत ६
जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावललाई सोही गाउँपालिकाका एक बृदाले कुटपिट गरेका छन् ।

उनलाई वडा नम्बर–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका हुन् । आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए ।

कुटपिटपछि अध्यक्ष रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि घर फर्किएका छन् ।

प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए । शर्माले भने संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्षसहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्रै भएको बताएका छन् ।

यहाँको हिमा र तिला नदीको गिट्टी बालुवा उत्खनन गर्ने विषयमा चासो बढेको छ । जिल्ला समन्वय समितिले अनुगमन गरिरहे पनि उत्खनन रोकिएको छैन ।

प्रकाशित मिति: ६ चैत्र २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्