एक लाख मास्क चालक र सहचालकलाई वितरण गर्ने



काठमाण्डौ,चैत्र ८

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक लाख मास्क किनेर लामो दूरीमा गाडी चलाउने चालक र सहचालकलाई वितरण गर्ने भएको छ ।

मन्त्रालयमा मन्त्री वसन्त नेम्वाङ, यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल, महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकाल, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला र हिसान, व्यासन तथा एनब्यावसनलगायतका संस्थाका प्रतिनिधिको बैठकले यस्तो निर्णय गरेको हो।

मन्त्रालयले साझा स्वास्थ्य सेवासँग एक लाख थान सर्जिकल मास्क खरिद गरेर आजै साँझदेखि गोंगबु बसपार्कबाट छुट्ने गाडीका चालक र सहचालकलाई वितरण गर्नेछ ।

यस्तै चैत १० गतेदेखि लामो दूरीका सार्वजनिक यातायात चलाउन रोक लगाउने भएकोले त्यसबेलासम्म घर जान चाहने यात्रुका लागि पर्याप्त गाडीको व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News