६२ जनालाई खरिपाटीको क्वारेन्टाइनमा राखिने

काठमाडौं,चैत्र ८
विभिन्न देशबाट आएका ६२ जना नेपालीलाई खरिपाटी क्वारेन्टाइनमा राखिने भएको छ । कोरोना भाइरस जोमिकलाई मध्यनजर गर्दै सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै उनीहरु आज नेपाल आएका थिए ।
शनिबार जापान, मलेसियालगायत मुलुकमा रहेका नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका थिए ।
जसमा ४ जना महिला र एक ७६ वर्षीया वृद्ध पनि रहेकी छन् । आफूखुसी नेपाल आएका उनीहरुले १४ दिन क्वारेन्टाइनमा बस्ने आफैले नै खर्च व्यहोर्नुपर्ने बताएको छ ।