भारत र चीनसँगको सीमा नाका बन्द गर्ने सरकारको निर्णय



काठमाडौं, चैत्र ९
सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को साँझ बसेको बैठकले सोमबार बिहान १० बजेदेखि एक हप्तासम्म भारत र चीनसँगको सबै सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वभर फैलंदै गएको कोरोना भाइरसको संभावित संक्रमण नेपालमा रोक्नका लागि चीन र भारतको सीमा नाकाबाट आउजाउ बन्द गर्ने निर्णय गरेको हो।

बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको छ। सबै मन्त्रीले आफ्नो एक-एक महिनाको तलब उक्त कोषमा राख्ने निर्णय पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News