लामो दूरीका सार्वजनिक गाडी आजदेखि बन्द



काठमाडौँ,चैत्र १०

लामो दूरीका सार्वजनिक गाडी आजदेखि बन्द गरिने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप सरकारले यस्तो निर्णय गरेको हो ।

सोमबारदेखि अन्तरजिल्ला अर्थात एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । सरकारले लामो दूरीको परिभाषामा २५० किलोमिटर भन्दा लामो दूरीलाई राखेको छ ।

यसको अर्थ २५० वा त्यो भन्दा कम दूरीको यात्रा गर्ने सवारी साधान भने चल्न पाउने छन् । तर एक जिल्लाबाट अर्को जिल्ला भने जान नपाउने यातायात व्यवस्था विभागले जनाएको छ । एउटै जिल्ला भित्र चल्ने सवारी साधानमा कुनै रोक लगाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News