कोरोनाको आशंका गरिएका बिरामीको भरतपुरमा मृत्यु




काठमाण्डौँ,चैत्र ११

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक युवकको मृत्यु भएको छ ।

विरगञ्ज घर भएका ३० वर्षीय युवकको मंगलवार बिहान साढे ९ बजे मृत्यु भएपनि उनको मृत्युको कारण कोरोना हो कि होइन भन्ने यकिन नभएको अस्पतालले जनाएको छ ।

अस्पतालकाअनुसार लुपस भन्ने रोगले मिर्गौला समेत कमजोर रहेका ती युवकमा केही दिनदेखि ज्वरो र निमोनियमा पनि देखिएको थियो । जुन कोरोनासँग मिल्दोजुल्दो लक्षण पनि हो ।

१० गते दिउँसोतिरबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि सघन उपचार कक्ष (आईसीयू)मा राखिएको थियो, समस्या बढ्दै गई सुधार नहुँदा आज चैत ११ गते बिहान ९:३० बजे मृत घोषणा गरिएको छ, अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनको शरीरबाट निकालिएको स्वाबको नतिजा काठमाडौं पठाइएको र रिपोर्ट नआएसम्म शवलाई आइसोलेसनमै राखिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News