कोरोनाको आशंका गरिएकालाई उपचार गर्न नमान्ने राजधानीका दुई अस्पतालसँग स्पष्टिकरण



काठमाडाैँ, चैत्र ११
कोरोना भाइरसका शंकाष्पद विरामीलाई उपचार गर्न अस्विकार गरेका राजधानीका दुई ठूला अस्पताललाई स्पष्टिकरण साेधिएकाे छ। स्वास्थ्य मन्त्रालयले ग्रान्डी अस्पताल र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको हाे।

आफूलाई फाइभ स्टार अस्पतालको रुपमा दाबी गर्दै आएको धापासी स्थित ग्राण्डी अस्पताल र ललितपुरको पुल्चोकमा रहेको अल्का अस्पतालले कोरोना भाइरसको शंकाष्पद विरामीलाई भर्ना लिन नै अस्विकार गरेको खुलेको छ ।

ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले एक टेलिभिजन अन्तरवार्तामा आफूहरुले कोरोना भाइरसका विरामी उपचार नगर्ने बताएको कारण मन्त्रालयले स्पष्टिकरण मागेकाे बताइएको छ । उनलाई मन्त्रालयमै बोलाएर स्पष्टिकरण लिइएको स्राेतले बताएकाे छ। त्यस्तै अल्का अस्पतालका मालिक कुमार थापाले पनि सोही आसयको प्रतिक्रिया दिएका थिए। उनले भने मन्त्रालयमा स्पष्टिकरण बुझाएका छैनन् ।

पाण्डेले सरकारले दिएको निर्देशन पालना गर्ने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ। अल्का अस्पतालले भने मन्त्रालयमा स्पष्टीकरण पठाएको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News