सुदूरपश्चिम प्रदेश सरकारद्धारा कोरोना नियन्त्रणका लागि साढे ११ करोड बजेट विनियोजन



धनगढी चैत्र ११

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस जोखिम नियन्त्रणका लागि साढे ११ करोड बजेट विनियोजन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गर्ने लगायतका चारवटा निर्णय गरेको हो ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीका अनुसार कोरोना रोकथामका लागि ११ करोड ५० लाख विनियोजन गर्ने, स्थानीय तहलाई तीन करोड शसर्त अनुदान रकम दिने, सीमा नाकामा रहेका नेपालीलाई चेकजाँचसहित आफ्नो गन्तव्यमा पुर्याउन आवश्यक व्यवस्था गर्ने र सबै प्रदेश मन्त्रीहरुको एक महिनाको परिश्रमिक प्रदेश राहत कोषमा राखिने जनाएको छ ।

मन्त्री सुबेदीले कोरोना रोकथामका लागि स्थानीय तहलाई दिने बजेट अन्तर्गत धनगढी उपमहानगरपालिकालाई पाँच लाख, ३३ वटा नगरपालिकालाई चार लाख र ५४ गाउँपालिकालाई तीन लाख रुपैयाँका दरले बजेट उपलब्ध गराइने जानकारी दिए । सुदूरपश्चिममा एक उपमहानगरपालिकासहित ८८ स्थानीय तह छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News