तीन डीआईजी एआईजीमा बढुवा, बुधवार फुली लगाउँदै



काठमाडौं, चैत्र ११
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले नेपाल प्रहरीका तीन डीआईजीलाई एआइजीमा बढुवा गरेको छ । बैठकले डीआइजीत्रय तारिणीप्रसाद लम्साल,शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआइजीमा बढुवा गरेको हो ।

यसअघि गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले १५ फागुनमा लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल भर्ना भएपछि मन्त्रिपरिषद बैठक बस्न नसकेकाले सिफारिस भएपनि बढुवा हुन सकेको थिएन ।

बढुवा भएका एआइजीत्रयको पदस्थापन समेत भइसकेको छ । लम्साललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, थापालाई मानव स्रोत तथा प्रशासन र पाललाई कार्य तथा अपराध अनुसन्धान विभागमा जिम्मेवारी दिइएको छ । बढुवा भएका एआइजीहरुलाई प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले बुधवार फुली लगाउने कार्यक्रम तय बहेको एक उच्च प्रहरी अधिकारीले वताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News