भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो



कोरोना भाइरस (कोभिड—१९) का कारण भारतमा बिहीबार दुई व्यक्तिको ज्यान गएको छ। इन्डिया टुडे अनलाइनका अनुसार श्रीनगर र महाराष्ट्रमा दुई व्यक्तिको मृत्यु भएको हो। योसँगै भारतमा कोरोना संक्रमणबाट मृतकको संख्या १५ पुगेको छ।

बिहीबार बिहान कोरोना कारणबाट जम्मु कश्मिरको श्रीनगरमा ६५ वर्षीय एक जनाको ज्यान गएको हो। भारत शासित कश्मिरमा कोरोना भाइरसका कारण मृत्यु भएको घटना यो पहिलो हो। उनको श्रीनगरको चेस्ट डिजिज अस्पतालमा निधन भएको हो। उनी सुगर, ब्लड प्रेसर तथा मोटोपनबाट पीडित थिए।

अस्पतालका अनुसार मृतसँग सम्पर्कमा भएका थप ४ जनामा पनि कोरोना संक्रमण देखिएको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६२९ पुगेको छ।

यसैगरी बिहीबार बिहान नै मृत्यु भएका अर्का व्यक्ति महारष्ट्रको नाभी मुम्बईका हुन्। योसँगै कोरोनाबाट भारतमा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News