सबै प्रदेशमा तत्काल कोरोना परीक्षण केन्द्र स्थापनाको माग



काठमाडौं, चैत १३

समाजवादी पार्टीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको परीक्षण गर्न तत्काल सबै प्रदेशमा परीक्षण केन्द्र स्थापना गर्न माग गरेको छ ।

समाजवादी पार्टीले आज विज्ञप्तिमार्फत काठमाडौँ बाहिर कोरोना भाइरसको परीक्षणको अभावमा उपचारमा कठिनाइ देखिएकाले तत्काल सबै प्रदेशमा र त्यसपछि जिल्लास्तरमा परीक्षण केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिएको हो । संसदीय दलका उपनेता सरिता गिरीले विज्ञप्तिमार्फत काठमाडाँै बाहिरका जिल्लामा कोरोना सङ्क्रमणको लक्षण देखिएका व्यक्तिको परीक्षण गर्न नसकिएको र परीक्षणका लागि काठमाडौँ ल्याउन पनि लकडाउनका कारण कठिनाइ देखिएकाले तत्काल आवश्यक व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

यसैगरी उहाँले नेपाल सरकारले पोखरा, नेपालगञ्ज र धरानमा कोरोना भाइरस परीक्षण केन्द्र स्थापना गर्ने भन्ने निर्णय प्रकाशमा आएको सम्बन्धमा सबैभन्दा बढी जनघनत्व भएको प्रदेश नं २ लाई बेवास्ता गरेको गुनासो गर्नुभएको छ ।

उहाँले कोरोना भाइरसको संक्रमितको उपचारमा दिनरात संलग्न हुने चिकित्सक र स्वास्थ्यकर्मीका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई०लगायत स्वास्थ्य उपकरणको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

उपनेता गिरीले चीनबाट हालै सहयोग स्वरुप प्राप्त भएको भनिएका स्वास्थ्य सामग्री वितरण सम्बन्धमा जानकारी गराउन, संसद्को बैठक बस्न नसकेको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रणका लागि सञ्चित कोषबाट गरिने खर्चका बारेमा जानकारी गराउनुपर्ने र प्रतिनिधिसभाको बैठक यथाशीघ्र बस्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News