एनआरएनएले एक करोड बराबरको सामग्री उपलब्ध गराउने



काठमाडौं, चैत १३

गैरआवासीय नेपाली सङ्घ एनआरएनएले रु एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।

सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

सङ्क्रमणको समयमा स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारका सुरक्षा उपकरण र परीक्षण कीट चीन बेइजिङस्थित नेपाली दूतावासमा उपलब्ध गराइने सङ्घका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । उक्त सामान खरिद गर्न राष्ट्रिय समन्वय परिषद् चीनका प्रतिनिधिसहितको एक कार्यदलसमेत गठन गरिएको सङ्घका प्रवक्ता डिबी क्षेत्रीले आज जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News