मजदुर परिवारलाई युवाको सहयोग



झापा, चैत १४

लकडाउनले बजार बन्द भएको र कामसमेत बन्द रहेका बेला झापा मेचिनगरस्थित एकता युवा क्लबले चिया बगानमा काम गर्ने २२ परिवारलाई आज खाद्यान्न प्रदान गरेको छ ।

चिया बगानमा दैनिक मजदुरी गरेर गुजारा गर्ने मजदुर परिवारलाई चामल, खाने तेल, नुन लगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरेको क्लबले जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल झापा क्षेत्र नं १ का नेता रघुनाथ धिमालको समन्वय क्लबका अध्यक्ष दिपेस पाठक सदस्यहरु सन्तोष धमला, आशिष पौडेल, बिनोद रिमाल, बिरु मेचे लगायतबाट संकलन गरेर उनीहरुलाई वितरण गरेको सल्लाहकार सरोज मेहराले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News