बेलायतका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, चैत १४ एजेन्सी
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख हुन्।
उनलाई अहिले उक्त भाइरसको सामान्य लक्षणमात्र देखिएको छ।
उनी केही दिन डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्ने बताइएको छ।
यसअघि महारानी एलिजावेथका उत्तराधिकारी युवराज चार्ल्सलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।