सेनाको क्वारेन्टाइन तयार



सुर्खेत , चैत १५
नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय जना क्षमताको क्वारेन्टाइन निर्माण सम्पन्न गरेको छ।

नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा बनाएको क्वारेन्टाइनमा शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिएको छ।

प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले चार सय टेन्ट राखिएको बताए। ‘एक जनालाई एउटा टेन्टमा राख्ने व्यवस्था मिलाएका छौं,’ बस्नेतले भने, ‘आवश्यकता अनुसार टेन्टहरु थप्ने तयारी छ।’ खुल्लामञ्चमा बनाइएको क्वारेन्टाइनलाई तीन खण्डमा बाँडिएको छ। खण्ड ‘क’ मा एक सय ५, खण्ड ‘ख’ मा एक सय ५ र खण्ड ‘ग’ मा एक सय ९० जनाका लागि टेन्ट तयार गरिएको छ। क्वारेन्टाइनमा बस्नेहरुका लागि खानाको जिम्मेवारी क्याटरिङलाई दिइएको छ। ‘सेनाको सुपरिवेक्षणमा खाना प्याकिङ हुन्छ,’ उनले भने, ‘प्याकिङ गरिएको खाना स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा बसेकाहरुलाई उपलब्ध गराउनुहुन्छ।’

क्वारेन्टाइमा राखिएकाहरुको उपचारका लागि तीन जना प्यारामेडिकसहित पाँच जना स्वास्थ्यकर्मी राखिएको छ। क्वारेन्टाइनको सुरक्षाका लागि नेपाली सेनाको एक बटालियन तैनाथ छ। सेनाले निर्माण गरेको क्वारेन्टाइनमा प्रत्येक १० जनाका लागि एउटा शौचालय र बाथरुम निर्माण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News