नेपालमा अर्की युवतीमा भेटियो कोरोना भाइरस



काठमाण्डौँ,चैत १५

नेपालमा शनिबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार दिउँसो पत्रकारसम्मेलन गरी बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरस पुष्टि भएको बताए।

‘उहाँ चैत ४ गते (१७ मार्च) मा कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाट आउनुभएको थियो,’ देवकोटाले भने,‘उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ। उहाँको अवस्था अहिले सामान्य छ।’

उनी र यसअघि काठमाडौंमा संक्रमित भएकी अर्की १९ युवती एउटै जहाजमा कतारको दोहाबाट काठमाडौं आएको देखिएको छ।

यसअघि शुक्रबार दुबईबाट आएका अर्का युवामा कोरोना भाइरस पुष्टि भएको थियो। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News