लकडाउनले पुगेको असुविधाप्रति मोदीले मागे माफी




भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लगाइएको लकडाउनले जनतालाई पुगेको असुविधाप्रति माफी मागेका छन् ।

आइतबार आफ्नो रेडियो कार्यक्रम मन की बातमा बोल्दै मोदीले लकडाउनको कारण गरिब मानिसहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका हुन् । उनले भने, ‘म तपाईंहरुको समस्या बुझ्छु, तर कोरोना भाइरसविरुद्धको लडाइँमा यसको कुनै विकल्प थिएन ।’

प्रधानमन्त्री मोदीले सबै जनतालाई सुरक्षित राख्नका लागि नचाहेर पनि यस्तो निर्णय गर्नुपरेको बताए ।यो संकटमा सहयोग गर्ने सबै मानिसलाई धन्यवाद पनि दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण एक हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने २५ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News