कनु -कुन प्रदेशले पाउने भए कोरोना परीक्षण गर्ने मेसिन



काठमाडौं ,चैत १६

चीनबाट ल्याइएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने भएको छ । प्रदेश २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पीसीआर (पोलिमर चेन रियाक्सन) मेसिन पाउने भएको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।

चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने हाल काठमाडौंमा नै राखिनेछ । ‘यो भोलिका दिन जहाँ बढी जरुरत हुन्छ, त्यहाँ पठाइनेछ’ समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले भनेका छन् ।

उच्चस्तरीय समितिले प्रत्येक प्रदेशमा एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई)लगायतका सामग्री पठाइने निर्णय गरेको विडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News